बिर्तामोड, साउन ३० । सूर्योदय क्वीज सिजन ५को उपाधि सिता रमेश बहुमुखी क्याम्पस बुद्धशान्ति झापाले जितेको छ ।

शनिबार भएको ग्रान्ड फिनालेमा सिता रमेश बहुमुखी क्याम्पसले उपाधि जितेको हो ।यस्तै प्रतियोगितामा जनता बहुमुखी क्याम्पस इटहरी दोश्रो,मोडल कलेज दमक तेश्रो र महेन्द्र मेमोरियल एकाडेमी दुहवी,सुनसरी र पथरी बहुमुखी क्याम्पस,मोरङ सान्त्वना भएका छन् ।प्रतियोगिताको विजेताहरुले क्रमश ५०,हजार,२५ हजार,१५ हजार र १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन् ।विजेताहरुलाई ग्रान्ड फिनालेका प्रमुख अतिथि मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख जीवन पोखरेल र सूर्योदय टिभी एण्ड मिडिया प्रा.लिका अध्यक्ष मनोज उप्रेतीले पुरस्कार,प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।
गत फागुनदेखि शुरु भएको यस प्रतियोगितामा प्रदेश १ का झापा,मोरङ,सुनसरी,इलाम,पाँचथर,ताप्लेजुङलगायतका जिल्लाबाट १ सयवटा कलेज सहभागी भएका थिए ।कलेजमा प्लस टु तथा स्नातक तहमा अध्ययनरत विद्याथीहरुले सहभागिता जनाएका हुन् ।प्रतियोगिताको जुरी निर्णायकको रुपमा सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती,कार्यक्रम उत्पादन प्रमुख दिपेन भेटवाल र कार्यक्रम प्रस्तोता प्रेमराज घिमिरे रहेका थिए। विद्यार्थीमा भएको बौद्धिक क्षमतालाई प्रस्फुटन गर्ने मुख्य उद्धेश्यले यो प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक देवी गौतमले जानकारी दिए ।
सूर्योदय क्वीज सिजन ५लाई ब्रोडलिङ्क नेटवर्कले मुख्य प्रायोजन तथा सिम्रिक साकोस बिर्तामोड,वाटर किङ्गडम पार्क एण्ड रिसोर्ट झिलझिले,किङ्स्टन इन्स्टिच्युट अस्ट्रेलिया,मनकामना कलेज बिर्तामोडले प्रायोजन गरेका थिए ।यस्तै एलाइन्स मोटर्स (हुन्डाई) बिर्तामोड,रोयल टेलर्स बिर्तामोड,नेशनल साउण्ड सर्भिस बिर्तामोड,ग्लोवल लिङ्क प्रिन्ट एण्ड एडर्भटाइजिङ बिर्तामोड र न्यु सिटी पार्टी प्यालेस एण्ड कन्फ्रेन्स हलले पनि प्रतियोगितालाई सह–प्रायोजना गरेका थिए ।
सूर्योदय टेलिभिजनले सूर्योदय क्वीज,स्पिच कन्टेस्ट लगायतका कार्यक्रमहरु प्रतियोगिताको रुपमा हरेक वर्ष आयोजना गर्दै आएको छ ।