कुमरखोद , साउन ३२ । झापा गाउँपालिकामा रहेको नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाको सेवाकेन्द्रले आफ्ना शेयर सदस्यलाई सिदा खर्चवापत ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

झापा गाउँपालिका वडा नं २ झापा बजारका एक परिवारलाई सो आर्थिक सहयोग उपलब्ध गराइएको हो ।
एनएमसी संस्था झापा बजार सेवाकेन्द्र उपसमितिका संयोजक सुन्दरलाल गणेशको अध्यक्षतामा शेयर सदस्य रुपेशकुमार राजपुतको निधन भएको १०औं पुण्यतिथिमा राजपुत परिवारको घरमै पुगेर ५० हजार रुपैयाँ , फलफुल र समवेदनापत्र हस्तान्तरण गरिएको झापा बजार सेवाकेन्द्रका प्रमुख देवेन्द्र कार्कीले बताए । कार्कीले यस सहकारीमा कुनै पनि शेयर सदस्यहरुको घरमा बच्चा जन्मेमा घ्यु र फलफुल लिएर जाने र कुनै पनि शेयर सदस्यको मृत्यु भएमा सम्पूर्ण ऋण मिनाहासहित सिदा खर्च दिने नियम रहेको बताए । झापा बजार सेवाकेन्द्रमा जम्मा शेयर सदस्य १४ सय जना रहेको कार्यालय प्रमुख कार्कीले जानकारी दिए । अतिविपन्न परिवारका राजपुतले ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने गरेका थिए । गत साउन २१ गते झापा बजारमा एक अग्रवाल थरका व्यक्तिको घरको पर्खाल भत्काउने क्रममा पर्खालले किचेर उनको मृत्यु भएको थियो । उनका श्रीमती र एक छोरी रहेका छन् ।
शोक कार्यक्रममा इकाई नं २ संयोजक लखीदेवी गणेश , इकाई नं. १ सयोजक ज्ञाननाथ उप्रेती , शेयर सदस्यहरु मनोज खत्री, गिरधारी सिंह , मनोजकुमार राजवंशी, रामप्रसाद ठाकुर , अम्विका भण्डारी, मनोजकुमार गणेश , पत्रकार वरतलाल राजवंशी, बजार प्रतिनिधि युवराज ढकाल तथा छरछिमेकीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्