सपना आचार्य,
माई इलाम , साउन ३२ । बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानले माई नगर अस्पताललाई ३ थान अक्सिजन कन्सन्ट्रेटर मेशिन प्रदान गरेको छ ।

ईलामको माई नगर अस्पताललाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ३ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो । प्रदान गरिएको अक्सिजन कन्सन्ट्रेटर सोमबार माईका मेयर दिपककुमार थेवेले अस्पताललाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण गरिएका कन्सन्ट्रेटर १० लिटर क्षमताका रहेको माईका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए ।
यस्तै चुलाचुली गाउँपालिकालाई समेत बिपीले ३ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको चुलाचुली स्वास्थ्य शाखा प्रमुख दुष्यान्त दहालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्