सुनसरी, भदौ १ । सुनसरीको कोशी गाउँपालिका २ स्थित भित्री पक्की सडकखण्डमा सिटी सफारी अनियन्त्रित भई पल्टदा एकजनाको मृत्यु भएको छ भने अर्का घाईते भएका छन् ।


उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २ ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टदा त्यसमा सवार एकजनाको मृत्यु भएको हो । हिजो बेलुका ५ बजे भएको दुर्घटनाबाट सोही स्थानका ७४ बर्षीय फरेबी यादव र बराहक्षेत्र ११ की २३ बर्षीया सबिना माझी घाईते भएका थिए । घाईतेमध्ये यादबको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा राति पौने १२ बजे मृत्यु भएको हो । माझीको घोपा धरानमा उपचार भईरहेको छ ।
सिटी र चालक कोशी गाउँपालिका २ का २० बर्षीय रंजित यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्