बिर्तामोड , भदौ १ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बिर्तामोडबाट दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा वडा नं. ५ बस्ने २७ वर्षिय मनोज चौधरी र बिर्तामोड ५ बस्ने २३ वर्षिय सुमन तामाङ रहेका छन् । आज दिउँसो १२ बजे बिर्तामोड ५ स्थित नयाँ बसपार्कको मिलन चोकबाट लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा चौधरी र तामाङको साथबाट २० ग्राम ब्राउनसुगर बरामद गरी उनीहरुले सवार गरेको मे. २ प. ८६८६ नं.को मोटरसाइकलसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्