झापा, भदौ १ । झापाको गिरीबन्धु टी इस्टेटको जग्गा सट्टापट्टा रोक्न सरकारलाई निर्देशन दिइएको छ ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलबार बसेको बैठकले गिरीबन्धु टी इस्टेटको २८० विगाहको बयान सट्टापट्टा गर्न स्वीकृत दिने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी ऐन नै संशाधन गरेर गिरीबन्धु टी इस्टेटलाई सट्टापट्टाको अधिकार दिएको छ । गिरीबन्धु टी इस्टेटको बिर्तामोडको जग्गा विगाहकै करिब २० करोड पर्छ, तर कम मूल्य पर्ने झापाकै पृथ्वीनगरमा रहेको जग्गासँग सट्टापट्टा गर्न खोजिएको छ । बैठकले हदबन्दीभन्दा बढी जग्गा कहाँ कति छ भन्ने विवरण ३१ भदौभित्र पेश गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्