बिर्तामोड , भदौ ३ । बिर्तामोडकी एक महिलाको नगदसहित मोबाइलसहित लुटपाट भएको छ ।

बिर्तामोड–५ डेरा गरी बस्ने मेनुका अधिकारीको ब्यागमा रहेको नगद ६ हजार र एउटा मोबाइल मंगलबार लुटेराले लुटेको हो ।
बिर्तामोडको शनिश्चरे रोडमा चिया पसल बन्द गरेर मंगलबार बेलुकी ८ः४५बजे डेरातर्फ पैदल जाँदै गर्दा मेडिका अस्पताल छेउमा अज्ञात व्यक्तिले आफूले बोकेको ब्याग खोसेर भागेको मेनुकाले बताइन् । घटनाको बारेमा इलाका प्रहरी कार्यालय बिर्तामोडलाई जानकारी गराइसकेको उनले जनाइन् । फरक क्षमताकी अधिकारीले १८ वर्षदेखि चिया पसल गर्दै आएकी छन्। त्यसै बिर्तामोड अन्य ठाउँमा पनि लुटपाट भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्