बिर्तामोड , भदौ ४ । मेची आँखा अस्पताल अगाडिको एक होटलमा व्यक्तिगत गोपनियता भंग गर्ने गरी र चरित्र हत्या गर्नेगरी आतंक सिर्जना गर्ने युटुबरमाथि कानूनी कार्वाही हुने भएको छ ।

मंगलबार साँझ दुई महिला र एक पुरुषले होटलमा खाजा खाइरहेका बेला भिडियो खिचेर ती युटुबरले आतंक गरेका थिए । चारआलीका ती महिलाहरुले अरु कुनै अनैतिक काम नगरी आफ्ना मानिससँग खाजा खाइरहेको आग्रह गरेपनि दादागिरी शैलीमा ती युटुबरले भिडियो खिचेर युटुबमा हालेका थिए । जसको सर्बत्र बिरोध भएको छ । पत्रकारको खोल ओढेर त्यस्ता युटुबरहरुले केही दिनदेखि झापामा पनि आतंक सिर्जना गर्न खोजेका छन् ।

ती पीडित महिलाहरु कानूनी कार्वाहीका लागि हिजो इलाका प्रहरी कार्यालय बिर्तामोड आएका थिए । हिजो आएर डिएसपी सन्तोष आचार्यसँग सल्लाह गरेर आज उजुरी दिन लागेको जनाइएको छ । उजुरी परेमा त्यस्ता युटुबरलाई पक्राउ गरी कार्वाही गरिने प्रहरीले जनाएको छ ।

ती युटुबरलाई कार्वाही गराउनका लागि आफूहरु पनि सहयोग गर्न तयार रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेलले बताइन् । उनले भनिन्– त्यस्ता युटुबरलाई कार्वाही हुनैपर्छ ।

मानव अधिकार संजाल झापाका महासचिव रुपक खनालले झापामा युटुवेहरुलाई पत्रकार महासंघले कारवाही नगरे पत्रकार महासंघको भोलिका दिनमा अस्तित्व खोज्नु पर्ने अबस्था आउने बताएका छन् । त्यस्तै पत्रकार हिमाल खरेलले मुलुकी अपराध (संहिता) ऐनले गोपनियताविरुद्धको कामलाई कसुर घोषणा गर्दै अर्काको कुरा सुन्ने, रेकर्ड गर्ने र फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवानाको सजाय तोकिएको जनाएका छन् ।

१ प्रतिक्रिया

  1. युटुबर बाेलाएर लानेलाइ चि कारबाहि गरनु जरुरि छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्