बिर्तामोड , भदौ ५ । युवाहरूको सक्रियतामा बिर्तामोडमा रक्तदान गरिएको छ ।

कोरोना संक्रमणका कारण रगतको अभाव भएपछि बिर्तामोड नगरपालिका ३ का युवाहरूको सक्रियतामा आज रक्तदान कार्यक्रम आयोजना गरिएको थियोे ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ६० पाउण्ड रगत संकलन गरिएको संयोजक कैलाश प्रसाईले जानकारी दिए ।

सोही अवसरमा बिर्तामोड बजारमा रहेको दुर्गा मन्दिर निर्माण समितिका अध्यक्ष स्व.पर्शुराम सिटौलाको स्मृतिमा दुर्गा मन्दिरमा छानासहितको ट्रस्ट निर्माण गरी परिवारले मन्दिर समितिलाई हस्तान्तरण गरेको छ ।स्व.सिटौलाकी धर्मपत्नी पुन्यवती, छोरा शैलेन्द्र, छोरीहरु एलिजा र एलिना सिटौलाले करिब चार लाख रुपैयाँको लागतमा निर्माण गरिएको ट्रस्ट हस्तान्तरण गरेको आयोजक आकाश उप्रेतीले जानकारी दिए । वडाका सामाजिक ब्यक्तित्व लक्ष्मण खड्का दिपेन्द्र पोख्रेल,षडानन्द नेपाललगायतको निधन भएकाले उनीहरुको आत्माको शान्तिको कामना गर्दै रक्तदान गरिएको आयोजक मदन बुढाथोकीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्