बिर्तामोड , भदौ ५ । पछिल्लो समय झापाको बिर्तामोड लागूऔषध कारोबारीको अखडा बन्दै गएको छ ।

शुक्रबार मात्र ब्राउनसुगरसहित दुई युवा बिर्तामोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–८ का २० वर्षीय गोपाल विश्वकर्मा र इलाम माई नगरपालिका–६ घर भई हाल बिर्तामोड–८ गरामनी बजारमा डीडीआर फार्मेसी सञ्चालन गरी बस्ने २० वर्षीय भीष्म बुढाथोकी रहेका छन् ।
उनीहरूलाई प्रहरीले बिर्तामोड ९ स्थित देवकोटा चौकबाट ५ ग्राम ५ सय १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्