झापा , भदौं ५ । नेकपा एमालेको झापा जिल्ला कमिटी नेकपा ( एकीकृत समाजवादी ) मा समाहित भएको छ ।

२०७८ साल बैशाख ३ गते माधव नेपाल – झलनाथ खनाल पक्षको नेकपा एमाले झापा जिल्ला कमिटी गठन भएको थियो । सो कमिटीको शनिबार बिर्तामोडमा बसेको बैठकले हाल माधब नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा ( एकीकृत समाजवादी ) मा समाहित हुने निर्णय गरेको हो । पुराना कम्युनिष्ट नेता वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको थियो ।कमिटीमा चन्द्रमाया श्रेष्ठ उपाध्यक्ष र नीलमणि बराल सचिव छन् । सो सिंगो कमिटी समाहित भएको जनाइएको छ । रेग्मीको अध्यक्षतामा नरेश खरेलको प्रमुख आतित्थ्यतामा पार्टी सचिव बरालले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा उपाध्यक्ष चन्द्रमाया श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरु लोकबन्धु कन्दङ्वा, गोपी गिरी,सन्तलाल मेच,े रोमणी भट्टराई, बेदनिधि निराला, धर्मराज शिवाकोटीलगायतको सहभागिता रहेको थियो । विस्तारित बैठकले भदौ १२ गते विस्तारित भेलाको आयोजना गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्