झापा, भदौ ६ । हिजो खोटाङ, सोलु र उदयपुर जिल्लामा भएका सडक दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

हिजो बेलुका साढे ८ बजे बालुवा लोड गरी आउँदै गरेको ना ५त ६६०१ नम्बरको ट्याक्ट्रर खोटाङ केपिलासगढी ५ स्थित भुताप्सु जङगलको भीरबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार चालकसहित तीन जनामध्ये सोही स्थानका २३ बर्षीय दिनेश राईको घट्नास्थलमै मृत्यु भएको हो । त्यस्तै ट्याक्ट्रर चालक सोही स्थानका १९ बर्षीय उमेश राई घाईते भई स्थानीय मेडिकलमा उपचार भईरहेको छ भने अर्का सवार एक जना ट्याक्टरबाट हामफाली सकुशल अबस्थामा रहेका छन् । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बाक्सिला र ईलाका प्रहरी कार्यालय एसैलुखर्कबाट प्रहरी टोली खटिगई कानुनी प्रकृया तथा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
यसैगरी सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका ५ स्थित दियालेमा हिजो दिउँसो साढे २ बजे बा ५४प ७७२९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका २ खालीका ३० बर्षीय सुमन राईको घट्नास्थलमा नै मृत्यु भएको छ ।

यसैगरी उदयपुर त्रियुगा नगरपालिका ३ लच्कास्थित कदमा–गाईघाट सडकखण्डमा हिजो बेलुका सवा ६ वजे गाईघाटबाट मोतिगडातर्फ जादै गरेको प्र १००–५००१प ३७१४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा चालक गम्भीर घाईते भएका थिए । चालक सोही स्थानका ३२ बर्षीय शान्तिराम राईको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्