मोरङ, भदौ ६ । मोरङ उर्लाबारी १ चिसापानीका ३८ बर्षीय बिष्णु जोगीको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो दिउँसो ३ बजे सोही स्थानमा रहेको चिस्यानी पैनीमा करेन्ट लगाई माछा मार्ने क्रममा बिद्युत सर्ट भई करेन्ट लागेर जोगीको मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटिगई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।