बिर्तामोड , भदौ ६ । ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य , मेची ट्रान्सपोर्ट एसोशिएसनका वरिष्ठ उपाध्यक्ष तथा युवा व्यवसायी श्याम प्रसाई (एसपी)ले छोराको जन्मदिनको उपलक्ष्यमा मन्दिरलाई घण्टी दिएका छन् ।

प्रसाईले छोरा संकेतको जन्मदिनको उपलक्ष्यमा बिर्तामोड १० स्थित इलामेली टोल शहिद गेटनजिकै रहेको रक्तकाली माता मन्दिरलाई घण्टी प्रदान गरेका हुन् । प्रसाईले आइतबार पर्न गएको छोराको जन्मदिनमा मन्दिरलाई ९ केजी ९ सय ग्राम बराबरको घण्टी सहयोग गरेका हुन् ।
वर्ष दिनमा एकपटक आउने जन्मदिनमा रमाइलो गर्ने नाममा अनावश्यक रूपमा पैसा खर्च गर्ने आममानिसको बुझाइलाई तोड्न तथा सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिरलाई सहयोग गरेको प्रसाईले बताए ।
जन्मदिनमा अनावश्यक तडकभडकसहित खर्च नगरी धार्मिक कार्यमा सहयोग गरेकोमा रक्तकाली मन्दिर समितिका सहयोगी तथा स्थानीय राजनीतिज्ञ पुनम चुंडालले प्रसाईको प्रशंसा गरिन् ।
संक्षिप्त घण्टी हस्तान्तरण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागाई, हल्दिबारी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष होम चुँडाल, बिर्तामोड नगरपालिका १० का वडाध्यक्ष दुर्योधन गुरुङ ,रक्तकालाी मन्दिर समितिका अध्यक्ष बिनोदकुमार भट्टराई, उपाध्यक्ष, नारायण त्रिताल, , सचिव चुडामणी न्यौपाने, कोषाध्यक्ष शिवमाया तिवारीलगायतको उपस्थिति रहेको थियो ।यसअघि पनि प्रसाईले इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रांगणमा रहेको नवदुर्गा मन्दिरलाई २५ हजार ९ सय ९९ तथा नकलबन्दामा रहेको सशस्त्र प्रहरीको परिसरमा रहेको मन्दिरको रंगरोकन तथा मर्मत सम्भारका लागि पनि सहयोग गरेका थिए ।