बिर्तामोड , भदौ ६ । इनरह्वील क्लब अफ बिर्तामोड मीडटाउनले नमस्ते तारा बालगृहका बालबालिकाहरुसँग रक्षा बन्धन मनाएको छ ।

हर्कलाल मार्गमा रहेको नमस्ते तारा बालगृहका १९ जना बालबालिकाहरूलाई इनरह्वील क्लब अफ बिर्तामोड मीडटाउनका पदाधिकारीहरुले रक्षा बन्धन लगाइदिएका हुन् । त्यस अवसरमा खुशियाली साटासाट गरिएको थियो । रक्षा बन्धन जुन रक्षा (काँचो धागो) ले दानवहरुका महान राजा बलीलाई बाँधिएको थियो । त्यही धागोले दाजुभाइको रक्षा गर्ने बिश्वास गरिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्