बिर्तामोड , भदौ ७ । क्यान्सर रोगले पीडित बिर्तामोडका उदयीमान कलाकार राजु चौधरीलाई खर्चको अभावमा उपचारमा समस्या भएको छ ।

रेडियम ब्यान्डका भोकलिस्ट, नेपाल चलचित्रकर्मी संघका सदस्य चौधरीको उपचारमा परिवारले आर्थिक अबस्थाले भ्याएसम्म खर्च गर्दा संभव नभएपछि सहयोगका लागि अपिल गर्नुपरेको हो । बोनम्यारो क्यान्सर रोगबाट ग्रसित चौधरीको २ हप्ताअघि बिराटनगरमा उपचार भैरहेको थियो । अचानक बिरामीको स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि उनलाई बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलमा रेफर गरिएको थियो । यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडांै लाने प्रबन्ध मिलाइएको थियो । काठमाडौंको ब्लड हस्पिटलमा उपचारार्थ राजुको आर्थिक अवस्था कमजोर भएको हुँदा परिवारले सहयोगको लागि अपिल गरेको हो । सहयोग गर्न चाहनुहुने मनकारी महानुभावलाई राजु चौधरीको नाममा सनराइज बैंक बिर्तामोडमा रहेको खाता नं ०११०७५१८०२२०५००१ मा रकम जम्मा गरेर सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्