सुरुङ्गा , भदौ ७ । कनकाई नगरपालिकाको वडा नं १ सिर्जना टोलमा एकैपरिवारका तीनजनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

बुवा, आमा र नाबालक छोरीले झुन्डिएर आत्महत्या गरेका हुन् । विक थरका एकैपरिवारका तीनजनाले घरको बलोमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । त्यसरी आत्महत्या गर्नेमा बुवा ३४ वर्षिय रविन विक , आमा २९ वर्षिय मुना विक र ८ महिनाकी छोरी रुविना विक रहेका छन् । घटना अत्यन्त दर्दनाक रहेको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए । मृतक रविन विक वैदेशिक रोजगारीमा पठाउने एजेन्ट रहेका थिए । लेनदेनको विषयमा उनको घरमा मानिसहरु आउने गरेको छिमेकीले बताएका छन् । त्यस्तै उनी कोरोना पोजिटिभ रहेका थिए । १५ अगस्टमा गरिएको परीक्षणमा उनलाई पोजिटिभ देखिएको थियो ।नाबालकको हत्यापछि बुवाआमाले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्