बिर्तामोड , भदौ ७ । झापाको बिर्तामोडस्थित एक होटलमा कोभिडविरुद्धको खोप ‘लुकाइएको’ घटनामा त्रुटी भएको भन्दै छानबिन समितिले कारबाहीको लागि सिफारिस गरेको छ ।

तीन साता लगाएर छानबिन समितिले आज छानबिन प्रतिवेदन सार्वजनिक गरेको हो । समितिले स्वास्थ्य कार्यालय झापाबाट मिति २०७८÷०४÷१५ गते बिर्तामोड नगरपालिकालाई पठाएको १०३ भाईल खोप बुझ्ने स्थल र प्रकृयामा गम्भीर त्रुटी भएको देखिएकोले खोप बुझाउने र बुझ्ने दुबै पक्षका सम्बन्धित कर्मचारीलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पत्राचार गने निर्णय गरेको छ ।
समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा बनेको समितिले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई आज खोप छानविनको प्रतिवेदन बुझाएको हो । समितिका संयोजक रिमालले होटलमा खोप बुझ्नु चरम लापरबाही भएको बताएका छन् ।
यस्तो छ छानविन समितिको प्रतिवेदन
स्वास्थ्य कार्यालय झापाले बिर्तामोड न.पा. लाई १०३ भाईल भेरोसेल खोप पठाउने क्रममा CLIMS (Electronics logistics management system) मा दर्ता भई सो systemबाट हस्तान्तरण फारम Generate भई उक्त हस्तान्तरण फारम सो कार्यालयको मेल id dphojhapa@gmail.comबाट बिर्तामोड न.पा.को मेल id btmnp53@gmail.com, सो न.पा.का स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्काको मेल id omkhadka1907@gmail.com र सो न.पा. का स्वास्थ्य शाखाका कर्मचारी संगिता अधिकारीको मेल id sangitandhikary043@gmail.comमा मिति २०७८।०४।१५ गते १५ः०१ बजे ( jul 30,2021,3M01 pm) HF for Verocell नामक विषयमा मेल पठाईएको पाईएको साथै उक्त मेल बिर्तामोड न.पा. र संगिता अधिकारीको मेल id खोलेर हेर्दा जिल्ला स्वास्थ्य कार्यालय झापाबाट सोही समयमा मेल पठाएको पुष्टि भएको ।
अर्कोतर्फ बिर्तामोड न.पा.को च.नं. ३९४ मिति २०७८÷०४११५ गतेको ‘थप भेरोशिल उपलब्ध गराईदिने बारेमा’ विषयको खोप माग भएको पत्र पाएपश्चात मात्र स्वास्थ्य कार्यालय झापाले बिर्तामोड खोप पठाएको दावी सो स्वास्थ्य कार्यालयका प्रमुख योगराज घिमिरे गरेता पनि बिर्तामोड न.पा.को आ.व. २०७८÷०८९ को चलानी कितावमा गएर हेर्दा उक्त च.नं. ३९४ को पत्र हेर्दा उक्त पत्र मिति २०७८।०४।१५ गते चलानी नभई मिति २०७८।०४।१७ गते दुईवटा पत्र पश्चात मात्र चलानी गरेको पाईएको उक्त पत्र भन्दा अगावै मिति २०७८÷०४११७ गते च.नं. ३९० मा ओम खड्कालाई जिम्मेवारीबाट हटाईएको सम्बन्धमा चलानी भईसकेको पाईएको ।
सो पत्र सम्बन्धमा स्वास्थ्य कार्यालय झापामा उक्त पत्र दर्ता भएको मिति एकिन गर्न स्वास्थ्य कार्यालय झापा पुग्दा उक्त पत्र हालसम्म दर्ता नभएको पाईएको । सो सम्बन्धमा स्वास्थ्य कार्यालयका कर्मचारी बालकृष्ण भण्डारीसंग सोधपुछ गर्दा मिति २०७८।०४।१५ गते बिर्तामोड न.पा. बाट मौखिक रुपमा खोप माग भएपञ्चात खोप पठाईएको र खोप माग भएको पत्र मिति २०७८।०४।१७ गते मात्र स्वास्थ्य कार्यालय आईपुगेको स्वीकार गरी देहाय बमोजिमको कागज गरेको ।
निष्कर्ष र सुझाव ;

निष्कर्ष ः– मिति २०७८।०४।१५ गते बिर्तामोडस्थित टाईमलेस मुमेन्ट होटलमा कोभिड– १९ बिरुद्धको चाईनिज खोप भेरोसिलको १०३ (एक सय तीन) भाईल खोप शंकास्पद अवस्थामा फेला परेको सम्बन्धमा छानविन गर्न गठित यस समितिले स्थलगत भ्रमण, सोधपुछ, श्रव्य दृष्य प्रमाण संकलन, स्वास्थ्य कार्यालय र बिर्तामोड नगरपालिका कार्यालयको कम्प्युटर प्रणाली लगायत अभिलेखहरुको अध्ययन तथा विश्लेषण एवं बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको फोकल पर्सन ओमबहादुर खड्का लगायत नगरपालिकाको कर्मचारी, टाईमेस मुमेन्ट होटलका संरक्षक एवं कर्मचारी तथा स्वास्थ्य कार्यालय झापाको कर्मचारीहरुको घटना विवरण कागजबाट खोप दुरुपयोग गर्ने मनसाय नभएको स्पष्टिकरण दिएता पनि महामारीको समयमा खोप जस्तो मानिसको जीवनसंग सम्बन्धित, मानिसलाई मृत्युको मुखबाट बचाउने संवेदनशील वस्तु होटल जस्तो असम्बन्धित ठाउँमा सरकारी गाडीबाट दुवानी गरी पुर्याउनु र उक्त खोप फोकल पर्सनले बुझेपश्चात सोही जिल्ला स्वास्थ्य कार्यालयको गाडीमा राखेर नगरपालिका पुर्याउने अवस्था रहँदा रहँदै होटलका कर्मचारीलाई खोप जिम्मा लगाई आफू अन्यन्त्र हिड्नु जस्तो अत्यन्त गैर जिम्मेवारी र चरम लापरवाही गरिएको देखिएको फोकल पर्सन ओमबहादुर खड्काले खोप लिनलाई गाडी बोलाईएको भने तापनि तत्काल खोप ढुवानीका लागि गाडी नबोलाएर केही समयपश्चात मात्र गाडी बोलाएको देखिएको होटलमा भिडभाड भई प्रहरीको गाडी आएपश्चात मात्र नगरपालिकाको गाडी आएको देखिएको मिति २०७८–०४–१५ मा पहिले मौखिक रुपमा र पछि पत्र मार्फत खोप माग गरिएको देखिएको मिति २०७८।०४।१६ मा चालक र सहचालकलाई खोप लगाउने लिखित निर्णय नै नभई १००० भाईल खोप माग गर्नु र मिति २०७८–०४–१५ गते पत्र प्राप्त भएपछि खोप पठाएको जानकारी गराउनु तर पत्र चलानी मिति २०७८।०४।१७ गते मात्र भएको देखिनु । उक्त पत्र स्वास्थ्य कार्यालयमा दर्ता भएको नदेखिनु । हस्तान्तरण फारामहरु सिलसिलेवार दर्ता भएको नदेखिएको मिति २०७८÷०४११६ गते १०३ भाईल खोप टाइमलेस मुमेन्ट होटलबाट जफत गरेर फिर्ता ल्याईए पनि स्वास्थ्य शाखाको फोकल पर्सन ओम बहादुर खड्काले बुझेको सहिछाप गरिसकेकोले सो मात्राको खोप समेत नगरपालिकामा दाखिला गरेको देखिएको छानविन समितिले सम्पर्क गरेका व्यक्ति वा संस्था वाहेक यस छानविन समितिमा छानविनको अवधिभर कोही कसैले पनि निर्धारित खोप केन्द्र वाहेक अन्यन्त्र खोप लगाएको भन्ने उजुरी प्राप्त नभएको।

सुझावहरु ः– मानिसको बाँच्न पाउने नैसर्गिक हकलाई सुरक्षित गर्न आगामी दिनमा खोपको ढुवानी र वितरण बिश्वसनीय र प्रभावकारी बनाउन देहायका सुझाव प्रस्तुत गरेका छौ ।

(क) खोप बुझाउने र बुझ्ने दुबै पक्षले हरेक पटक कम्प्युटर प्रणालीमा ईन्ट्री गरी बुझाउनेको नाम, बुझ्नेको नाम, समय, मिति र परिमाण खुल्ने गरी भरपाई गर्ने सो भरपाई तुरुन्तै सम्बन्धित निकाय र व्यक्तिलाई ईमेल गरी पठाउने साथै पत्राचार समेत गर्ने।

माग गर्दा मौखिक रुपले नगर्ने प्रत्येक खोप आधिकारिक चिट्ठी पत्र मार्फत मात्र माग गर्ने । सकेसम्म इमेल मार्फत माग गर्ने र सोही दिन कम्प्युटर प्रणालीमा CLIMS मा अभिलेखाङ्कन गरेर मात्र पठाउने ।
(ग) खोप बुझाउँदा सम्बन्धित फोकल पर्सनलाई मात्र बुझाउने साथै खोप मनासिव माफिकको कारण बाहेक खोप बुझ्नेले कार्यालय र खोपकेन्द्र बाहेक अन्यन्त्र नबुझ्ने र खोप बुझाउनेले पनि कार्यालय र खोप केन्द्र बाहेक अन्यन्त्र नबुझाउने ।

(घ) स्वास्थ्य कार्यालयबाट खोपहरु विभिन्न पालिकामा पठाउँदा हस्तान्तरण फाराम तुरुन्त कम्प्युटरमा अभिलेख राखी पठाउने र पालिकाहरुले पनि सम्भव भएसम्म सोहि दिन स्टोरमा दाखिला गरी स्वास्थ्य कार्यालयलाई email मार्फत जानकारी गराउने र हस्तान्तरण फाराम र दाखिला रिपोर्ट मिति अनुसार क्रमिक रुपले राख्ने।
(ङ) जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय पालिकाले खोप तथा स्वास्थ्य सामग्री वितरण तथा व्यवस्थापन गर्न आवश्यक पर्ने मापदण्ड तथा निर्देशिका बनाई स्वीकृत मापदण्ड तथा निर्देशिका बमोजिम कार्यान्वयन गराउन उपयुक्त हुने ।

छानविन समितिको राय ः– स्वास्थ्य कार्यालय झापाबाट मिति २०७८÷०४÷१५ गते बिर्तामोड नगरपालिकालाई पठाएको १०३ भाईल खोप बुझ्ने स्थल र प्रकृयामा गम्भीर त्रुटी भएको देखिएकोले खोप बुझाउने र बुझ्ने दुबै पक्षका सम्बन्धित कर्मचारीलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पत्राचार गर्न समेत यस छानविन समितिको राय रहेको ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्