बिर्तामोड , भदौ ८ । कोभिडविरुद्धको खोपमा लापर्वाही गर्ने बिर्तामोड नगरपालिकाका तत्कालीन फोकल पर्सन ओमबहादुर खडकालाई कार्वाही गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा पत्राचार गरिएको छ ।

झापाको बिर्तामोडस्थित एक होटलमा कोभिडविरुद्धको खोप लुकाइएको घटनामा त्रुटी भएको भन्दै छानबिन समितिले कारबाहीको लागि सिफारिस गरेपछि डीसीसीएमसीले मन्त्रालयमा पत्राचार गरेको हो । सोमबार प्रतिवेदन सार्वजनिक भएपछि त्यो प्रतिवेदनसहित दोषी कर्मचारीलाई कार्वाही गर्नका लागि मंगलबार मन्त्रालयमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । उनले त्यस पत्रको बोद्धार्थ स्वास्थ्य तथा जनसँख्या मन्त्रालयलाई बुझाइएको जानकारी दिए । त्यसैगरी स्वास्थ्य कार्यालय झापालाई अब आइन्दादेखि त्यस किसिमको गल्ती नगर्नेगरी निश्चित नीतिनियममा रहेर काम गर्न निर्देशन दिएको तिमिल्सिनाले बताए । सोमबार तीन साता लगाएर छानबिन समितिले छानबिन प्रतिवेदन सार्वजनिक गरेको थियो । समितिले स्वास्थ्य कार्यालय झापाबाट मिति २०७८÷०४÷१५ गते बिर्तामोड नगरपालिकालाई पठाएको १०३ भाईल खोप बुझ्ने स्थल र प्रकृयामा गम्भीर त्रुटी भएको देखिएकोले खोप बुझाउने र बुझ्ने दुबै पक्षका सम्बन्धित कर्मचारीलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्