मोरङ, भदौ १० । मोरङको विराटनगरबाट प्रहरीले थप १० जना विचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुहवीका ५४ बर्षीय श्रीराम चौधरी, सिरहा–२ का २० बर्षीय सूर्यनारायण यादव, मोरङ कटहरी ३ का ४२ बर्षीय मोहम्मद.जलिद, विराटनगर ७ का १८ बर्षीय विश्वास मण्डल विराटनगर १४ का २३ बर्षीय रोशन गुप्ता, विराटनगर ४ का १९ बर्षीय सुजित यादव, त्यसैगरी विराटनगर ५ का २२ बर्षीय फिरोज रोय, २१ बर्षीय समिर खान, १८ बर्षीय सरोज खान र विराटनगर ३ का १८ बर्षीय अमित यादव रहेका छन् ।

उनीहरुले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी “यहाँ डाक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन” भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने गरेका थिए । उनीहरुले सर्वसाधारण नागरिकलाई हैरानी दिने गरेको पाईएको छ ।
पक्राउ परेका उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ । यसअघि पनि जिल्ला प्रहरी कार्यालय मोरङबाट २ जना विचौलियालाई कानुन बमोजिम कारबाही भईसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्