झापा , भदौ १० । नेकपा एमाले प्रदेश १ को संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्रीको सपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुखले मुख्यमन्त्री आचार्यलाई सपथ ग्रहण गराएका हुन्। नेता शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेतामा आचार्य नियुक्त भएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । बिहीबार बिहानै बसेको संसदीय दलको बैठकले नेता आचार्यलाई दलको नेता चयन गरेको थियो। एमाले विभाजनको क्रममा माधव नेपालको साथ छाडेको नेता आचार्यले मुख्यमन्त्री उपहार पाएका छन्। एमाले विभाजनअघि नेता आचार्य नेता नेपाल निकटका थिए।
प्रदेश १ मा हाल ९२ जना सांसद छन्। सरकार बनाउन ४७ जना सांसद आवश्यक पर्दछ। एमालेसँग ५१ सांसद छन्। तर, नेता नेपाल समूहले साथ छोड्नासाथ आचार्य नेतृत्वका सरकारको बहुमत गुम्ने निश्चित हुन्छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्