–यदि आफ्नो देश रहेन भने, आफ्नो आत्मस्वाभिमान, सपनाको घर, सपनाको कार, सपनाको जीवन, बैंक ब्यालेन्स, ब्यापार सबै धुलोमा परिणत हुनेछ ।
–यदि हाम्रो देशको सम्पत्ति रहेन भने, हाम्रो आफ्नो सम्पत्ति पनि मूल्यहीन हुनेछ ।
– यदि हाम्रा नेताहरूले देश र हामीलाई बेचेर भागे भने हामी क्षणभरमै शरणार्थी हुन सक्ने रहेछौं ।

त्यसैले, आफ्नो राष्ट्र मजबुत बनाऔं, त्यसका लागि बलियो नेतृत्व चयन गरौ ।
नेताहरुबाट सित्तैमा केही पाउनको लागि बिना सुझबुझ मतदान गर्नको सट्टामा यस्तो नेता छानौं, जसले तपाई हाम्रो र देशको रक्षा गर्नको निम्ति सदैव तत्पर रहुन् । यो सोचौं, हाम्रो देश एक परिवार हो र हामीलाई एक जिम्मेवार अभिभावकको जरूरत छ, जसले हामीलाई पढाउनुहुन्छ र जरुरत पर्दा हामीलाई स्कूल पठाउनको लागि पिट्नु पनि हुन्छ ।
यस्तो नेताको भर नपरौ, जसले तपाई हामीले दुखःले जम्मा गरेको खुत्रुकेको पैसाले तपाई हामीलाई नै उपहार किनेर एक सिजनको लागि भुलाउन खोज्छ ।

आफू सबै पार्टीसँग समभाव राख्ने भएकाले, नजिकिदै गएका विभिन्न पार्टीका अधिवेशनहरुमा स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्म आ–आफ्ना पार्टीमा असल नेतृत्व चयन गर्ने सबैलाई प्रेरणा मिल्छ कि भन्ने अभिप्रायले गरेको पोस्ट हो यो ।

याद राखौं, गुट र दलमा समाज विभाजन हुँदा एउटा सानो समुह बन्छ र स–साना लोभी झुण्ड तयार हुन सक्छन् भने, सबै एकीकृत भयौं भने एउटा सिङ्गो समाज बन्छ । यस्ता विविध कुस्वार्थभन्दा माथि देशको स्वार्थ बोक्ने असल नेतृत्व चयन गर्नु नै आजको समयको आवश्यकता हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्