खोटाङ, भदौ ११ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ काँडेका ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् ।

गत भदौ ९ गते दिउँसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछि खोजतलास गर्ने क्रममा हिजो बिहानको राति पौने २ बजे घरदेखि अन्दाजी २०० मिटर बारीमा मृत अबस्थामा फेला परेपश्चात प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगतै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटिगई घटनाको प्रकृति हेर्दा हत्या गरेको हुन सक्ने आशंकामा प्रहरीले गहन रुपमा अनुसन्धान थालेको थियो । घटनाको प्रकृति, स्थानीयबासीको सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले हिजै मृतकका भाइ नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुले घरायसी विवादका कारण भैसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटीमा कसी हत्या गरेको भनी प्रारम्भिक अनुसन्धानमा बयान दिएका छन् । बयानपश्चात् कर्तब्य ज्यान मुद्धामा कानुनी कारबाही अगाडी बढाई घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्