गौरीगञ्ज ,भदौै ११ । गौरीगञ्ज क्षेत्रबाट विभिन्न समयमा बरामद भएको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय गौरीगञ्जले स्थानीय क्षेत्रमा गस्तीका क्रममा विभिन्न समयमा बरामद गरेको ३ सय १० लिटर घरेलु मदिरा स्थानीय, आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि र पत्रकारको रोहवरमा नष्ट गरेको हो ।
गौरीगञ्ज आसपासका बजार तथा नेपालबाट भारतका विभिन्न बजारहरुमा जर्किनमा राखेर घरेलु मदिरा लादै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । नेपालबाट अबैध रुपमा लुकाई छिपाई भारतीय बजारतर्फ लादै गरेको २४ जर्किन घरेलु मदिरा बरामद गरी नष्ट गरिएको ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख राकेश रेग्मीले जानकारी गराए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्