बाहुनडाँगी , भदौ ११ । नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाले पार्टीको आसन्न चौधौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

झापाका प्रथम शहीद बिश्वनाथ घिमिरेको शालिक शिलान्यास कार्यक्रमलाई अतिथिको रुपमा शुक्रबार बाहुनडाँगीमा सम्बोधन गर्दै ३१ बर्ष जिल्लाको राजनीतिमा समय दिएका सभापति थापाले अब केन्द्रको राजनीतिमा सक्रिय हुने घोषणा गरेका हुन् ।
सभापति थापाले खस आर्य कोटाबाट केन्दीय सदस्यमा उम्मेद्वार घोषण गर्नासाथ पार्टी प्रवक्ता बिश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य सरिता प्रसाईंले कार्यक्रमस्थलमै समर्थन मात्र गरे । उनीहरुले थापालाई अंकमाल गर्दै फोटो सेसनसमेत गरेका थिए ।
२०३४–०३५ देखि नेविसंघमा आवद्ध भएर राजनीति शुरु गरेका थापाले २०४६ सालमा अर्जुनधारा गाउँ समितिको पार्टी सचिव, क्षेत्रीय सभापति १० बर्ष, जिल्ला सचिव र उपसभापति १० वर्ष र जिल्ला सभापतिमा १० बर्ष झापा काँग्रेसको नेतृत्व सम्हालेका छन् । पार्टीको प्रदेश समितिको सभापतिमा पदमा चुनाव लडने चर्चा हुँदै आएपनि शुक्रबारबाट सभापति थापाले केन्द्रीय सदस्यमा औपचारिक रुपमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उद्धव