भोजपुर, भदौ १२ । भोजपुर षडानन्द नगरपालिका –९ तालखर्कका ४० बर्षीय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरेपछि झुन्डिएर आत्महत्या गरेका छन् ।

शनिबार बिहानको राति साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरेर हत्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागेर झुण्डिएको अबस्थामा फेला परेका थिए । घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ बर्षीय छोरा स्थानीयलाई खबर गर्न गएका थिए ।

घटनाको बारेमा जानकारी पाउनासाथ स्थानीयबासी पुग्दा ईन्द्रकलाको मृत्यु भईसकेको थियो । श्रीमान बुद्धिमानलाई खोजतलास गर्दा झुन्डिएको अबस्थामा फेला परेको थियो । घटनास्थालमा ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारीभञ्याङबाट प्रहरी टोली खटिगई थप अनुसन्धान गरिरहेको १ नं प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्