दमक, भदौ १३ । दमक ६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनः नारायणप्रसाद भट्टराई चुनिएका छन् ।

छैठो कार्यकालका लागि शनिबार सम्पन्न भएको निर्वाचन कार्यक्रमबाट पुनः भट्टराईको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति चयन गरिएको हो ।सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा पदम थापा,महिला उपाध्यक्षमा शान्ता गौतम,सचिवमा राजेन्द्रप्रसाद दाहाल तथा सदस्यहरुमा काशीनाथ थपलिया,डिल्लीप्रसाद न्यौपाने,रामकुमारी तामाङ,मिनाकुमारी कोइराला,खेमराज घिमिरे,कृष्णप्रसाद शर्मा,सीता कार्की, होमनाथ गुरागाई,मन्जुकुमारी फूयल,गणेशबहादुर तामाङ र नरपति पाण्डे चुनिएका छन् ।
यस्तै ,हरिप्रसाद चापागाईको संयोजकत्वमा सुमित्रा सुवेदी र कृष्णप्रसाद दाहाल रहेको तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति समेत सर्वसम्मत निर्वाचित भएको जनाईएको छ ।