भद्रपुर , भदौ १४ । झापाको भद्रपुर नगरपालिका वडा नं. ९ देवकोटा चौकमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा आइतबार राति अज्ञात समूहले तोडफोड गरेको छ ।

महाकवि देवकोटोको अर्धकदको प्रतिमा टाउको र शरीर विच्छेद गरी जमिनमा रखिएको अवस्थामा सोमबार विहान भेटिएको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले जानकारी दिए ।
वि.सं. २०५१ सालमा स्थापना गरिएको महाकवि देवकोटाको सो प्रतिमा तोडफोडको घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गर्दै दोषीउपर कडा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएको समेत बरालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्