दुधे, भदौ१४ । नेकपा (माओवादी केन्द्र ) शिवसताक्षी नगरपालिकाअन्तर्गतको संगठन पुनर्गठन तथा वडा भेलाहरु तीब्र रूपमा सञ्चालन भइरहेको छ ।

नेकपा औपचारिक रूपमा विभाजन भएपछि नेकपा (माओवादी केन्द्र ) ले शिवसताक्षीमा पार्टी संगठन सुढृढीकरण अभियान सञ्चालन गर्दैआएको छ ।
पार्टी नगर अध्यक्ष महेन्द्र भट्टराईका अनुसार अभियान अन्तर्गत हालसम्म १०वटा वडाहरू १,२,३,४,५, ७, ८,९,१०, र ११ को कमिटी भेला र गठन सम्पन्न भइसकेको छ । जसअनुसार वडा नं १ अध्यक्षमा नेत्र नेम्बाङ,सचिव पूर्ण लकान्द्रीको नेतृत्वमा २५सदस्यीय कमिटी बनेको छ । वडा नं २ मा भिम नेम्बाङ अध्यक्ष र सचिव सन्तोष काफ्ले (उमाकान्त ) को नेतृत्वमा २५सदस्यीय र वडा नं ३ मा अध्यक्ष राजु लिम्बू
र सचिव लयप्रसाद गौतम रहेको २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । यस्तै, वडा नं ४ मा हलचल ताजपुरियाको अध्यक्षता र सचिव नरबहादुर लिम्बु रहेको १९ सदस्यीय ,वडा नं ५ मा अध्यक्ष शिव बिमली ,सचिव टेकनारायण राजवंशी रहेको १९ सदस्यीय , वडा नं ७ मा अध्यक्ष अम्बिकाप्रसाद अधिकारी ,सचिव चैतु राजवंशीको नेतृत्वमा २५सदस्यीय , वडा नं ८ मा अध्यक्ष बिष्णु दास राई , सचिव विदुर निरौला रहेको २५ सदस्यीय ,
वडा नं ९ मा अध्यक्ष भरत नवीन राई,सचिव दलबहादुर नेउपाने रहेको २५ सदस्यीय वडा कमिटी , वडा नं १० मा अध्यक्ष नन्दप्रसाद राय , सचिव पुष्प पौडेल रहेको २९ सदस्यीय र वडा नं ११ मा अध्यक्ष साने राई र सचिव हरिकुमार थापा रहेको २९ सदस्यीय वडा कमिटी पुनर्गठन गरिएको हो ।

यसैगरी, जनवर्गिय संगठनअन्तर्गत वाइसीएलको नगर कमिटी अध्यक्षमा इन्द्र नेउपाने, उपाध्यक्ष सन्जिव राई , गोपाल नेयोङ,सचिव भुवन सेन्दाङ ,सहसचिवमा सन्तोष ताजपुरिया र कोषाध्यक्षमा संगीता राय रहेको ४१ सदस्यीय नगर कमिटी निर्माण गरिएको छ । नगर अध्यक्ष भट्टराईका अनुसार हाल टोल कमिटी ,सेल कमिटी, जनवर्गिय , जातीय मोर्चा र पार्टी सदस्य नवीकरणलाई तीब्र रुपमा अगाडि बढाइएको छ । यस्तै, असोज २० गतेसम्म सबै कमिटी निर्माण गर्ने र असोज ३० गते नगर सम्मेलन गर्ने तय गरिएको अध्यक्ष भट्टराईले जानकारी दिएका छन् ।