बिर्तामोड , भदौ १५ । छठ समाज सेवा समिति बिर्तामोड र सुनचाँदी व्यवसायी संघले अपांगता भएका १५ परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

मंगलबार बिर्तामोड २ चारपानेमा एक कार्यक्रम गरी वडा नं १ र २ मा रहेका बहिरा तथा अपांगता भएका परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । लकडाउनका बेला जीविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएपछि दुवै संस्थाले राहत उपलब्ध गराएको जनाएका छन् । छठ समाजका वरिष्ठ उपाध्यक्ष रामेश्वर द्विवेदीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं २ का अध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, निवर्तमान अध्यक्ष कुमार भट्टराई ,वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने ,उद्योग उपाध्यक्ष एवं प्रवक्ता सन्जीव घिमिरे, सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष बाबुराम विश्वकर्मा, कोषाध्यक्ष बिजय श्राफलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष संग्रौला, विशिष्ट अतिथि वाणिज्य संघका अध्यक्ष शिवाकोटी, अतिथि दिपक थापालगायतले मन्तब्य राखेका थिए । सुनचाँदी व्यवसायी संघका वरिष्ठ सदस्य रमेश बराइलीले स्वागत गरेको कार्यक्रमको संचालन छठ समाज सेवा समितिका महासचिव मनोज रौनियारले गरेका थिए ।