झापा, भदौ १६ । श्रीकृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट पूर्वका आदिवासी समुदायले दधिकाद पर्व मनाएका छन् ।

कोरोना संक्रमणका बीच धेरै भीडभाड नगरी संस्कृति जोगाउन उनीहरुले सो खेल पर्व मनाएका हुन् । झापाको बिर्तामोड , मेचीनगर , बाह्रदशी , कनकाईलगायतका स्थानमा दधिकाद पर्व आयोजना गरिएको थियो ।

खासगरी आदिवासी समुदायका राजवंशी , ताजपुरिया , गनगाई , माझीलगायतका जातिले परापूर्वकालदेखि यो पर्व मनाउँदै आएका छन् । अघिल्लो दिन भगवान कृष्णको जन्म भएर त्यसको भोलिपल्ट गोकुलका ग्वालाहरुले दही , मिठाई , नरिवल लिएर तछाडमछाड गर्दै चढाउन जाँदा भुइँमा छताछुल्ल भएको दहीमा भगवान कृष्ण खेल्दै रमाएको संझनामा यो पर्व मनाउने गरिन्छ । दधिकादमा राधाकृष्ण मन्दिरमा नरिवल चढाउने र चिप्लो बाँस चढ्ने प्रतियोगिता आयोजना गर्ने गरिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्