बिर्तामोड,भदौ १६ । झापामा लागूऔषधसहित फेरि तीनजना पक्राउ परेका छन् ।

लागूऔषध कारोवार गर्ने तीनलाई प्रहरीले अर्जुनधारा–४ मदनपुरबाट पक्राउ गरेको हो । मदनपुर क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचना पाएपछि लागूऔषध ब्युरो काँकडभिट्टा, ईप्रका बिर्तामोड र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त प्रहरी टोलीले अर्जुनधारा –२ बस्ने १८ वर्षिय एबिट बुढाथोकी, ३० वर्षीय सजित समाल र अर्जुनधारा–३ का २६ वर्षीय सौगात खतिवडालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ७ ग्राम ब्राउनसुगर, ४९ हजार ५ सय नगद र ५ थान मोबाइल बरामद भएको छ । मंगलवार पक्राउ गरी उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएकोे छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्