सपना आचार्य,
माई । आर्थिक अबस्था कमजोर भएको परिवारकी अभिभावकको निधन भएपछि उनको काजक्रियाका लागि माई नगरपालिकाले आर्थिक सहयोग गरेको छ।

माई–४ शुक्रबारेकी ५० बर्षिया पबित्रा न्यौपानेको गत आइतवार निधन भएपछि उनको काजक्रिया गर्न परिवारका सदस्यलाई माई नगरपालिकाको तर्फबाट प्रमुख दिपककुमार थेवेले आर्थिक सहयोग गरेका हुन् । मेयर थेबेले न्यौपानेको घरमै पुगेर नगद ३० हजार प्रदान गरे ।

परिवारकै संरक्षक न्यौपानेको गत आईतवार दम रोगका कारण निधन भएपछि उनका छोराछोरीहरु काजक्रिया गर्न आर्थिक समस्यामा थिए । मृतक न्यौपानेका श्रीमानको पनि ५ बर्षअघि निधन भएपछि पबित्राले जेनतेन परिवारको हेरचाह गर्दै थिईन् । न्यौपाने परिवारमा ३ जना अशक्त र बाल्य अबस्थाका छोराहरु र विवाह भएर गएका ४ छोरीहरुले अहिले काजक्रिया गरिरहेका छन्। गत बर्ष पनि न्यौपाने बिरामी हुँदा स्थानीय शुक्रबारेबासीले आर्थिक सहयोग गरी उपचार गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्