झापा, भदौ १८ । आज दिउँसो मेचीनगरमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तत्काल वतन नखुलेको मागी खाई हिड्ने अन्दाजी बर्ष ५० का बमबहादुर.कार्की नामले चिनिने ब्यक्ति रहेका छन् । दिउँसो १.४५ बजे मेचीनगर १२ धिमाल बस्तीमा पात्र धिमालको पोखरीमा डुबेर उनको मृत्यु भएको हो । पोखरीमा पौडी खेल्न पसेकोमा ननिस्केपछि स्थानीयले प्रहरी चौकी चारआली खबर गरेका थिए । जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी सहायक निरीक्षकको टोली र थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकको टोली खटीगई पोखरीको पानी पोखरीबाट बाहिर फाली खोजतलास गर्दा पोखरीको बीचमा शव फेला परेको थियो । उनको कालो टोपी,चपल, हाफपेन्ट र मोवाईल पोखरीको डिलमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्