बिर्तामोड ,भदौ १८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनको अघिल्लो दिन बिर्तामोड १० मा सर्वसम्मत वडा समिति चयन भएको छ ।

मदन गुरुङ सभापति रहेको वडा समिति सर्वसम्मतबाट शुक्रबार घोषणा गरिएको हो । जसको उपसभापतिमा अनुज सुब्बा , खुबराज भट्टराई , सचिव भवानी पाण्डे , अर्जुन राई , सहसचिवमा खड्ग गुरुङ , विनिता सुब्बा र कोषाध्यक्षमा दधि श्रेष्ठ चुनिएका छन् । अन्य सदस्यहरु रहेका छन् । त्यस्तै क्षेत्रीय प्रतिनिधिमा नविन बिमली , दुर्योधन गुरुङ , अर्जुन सिटौला , दिपिका सिवा , रुद्र खतिवडा , शोभा राउत , कल्पना थापा गुरुङ , धनमाया श्रेष्ठ , रीता लिम्बू , बासुदेव गुरुङ, हरि चुडाल , नरेश प्रसाई , प्रभात मुखिया , विजय राई देवान , लोकबहादुर पौडेल , छवि आचार्य , निर्मला आङ्देम्बेलगायत चुनिएका छन् । बिर्तामोडमा केही वडाबाहेक अरुमा सर्वसम्मत हुने देखिएको छ । वडा भेलाले सर्वसम्मत नाम सिफारिस गरिएका वडाहरुमा वडा नं १ , वडा नं २ , वडा नं ४ , वडा नं ६ , वडा नं ७ , वडा नं ८ र वडा नं ९ रहेका छन् । वडा नं १ मा जगन्नाथ सापकोटा , २ मा देवी खरेल , ४ मा राजकुमार प्रसाई , ६ मा आशिष बन , ७ मा प्रमोद सिटौला , ८ मा उत्तम कटुवाल र ९ मा वासु अधिकारीलाई सभापतिमा सर्वसम्मतका लागि सिफारिस गरिएको हो ।त्यसैगरी वडा नं ३ मा सभापति पदका लागि प्रेम उप्रेती र मनोज बुढाथोकी तथा ५ मा लवकुमार चौधरी र दीपक मेन्याङ्वोले सभापतिका लागि निर्वाचन लड्ने देखिएका छन् । बिर्तामोडमा ३ हजार ६ सयभन्दा बढी क्रियाशील कार्यकर्ता रहेका छन् ।

यसैबीच वडा अधिवेशनको लागि तयारी पूरा भएको छ । झापाका सवै वडाहरुमा निर्वाचनका लागि आवश्यक सामग्री पु¥याइएको छ भने मतदान केन्द्र तोकिएको छ ।
वडा–वडामा पुगेका मतदान अधिकृत, सहायक मतदान अधिकृत र नेपाली कांग्रेस वडा कार्यसमितिको संयुक्त बैठकले सबैलाई पायक पर्ने गरी वडा समितिको कार्यालय, सार्वजनिक÷सामुदायिक भवन, विद्यालय, मठमन्दिर लगायतका स्थानमा मतदान केन्द्र तय गरेको हो ।
कोभिड संक्रमणका बावजुद स्वास्थ्य सुरक्षा अपनाउँदै गर्न लागिएको अधिवेशनमा मास्क, सेनिटाइजर, सामाजिक दुरी कायमलगायतका मापदण्ड अपनाउन नेपाली कांग्रेस झापा सभापति उद्धव थापाले सबैमा आग्रह गरेका छन् ।
विभिन्न वडामा शुक्रबार नै वडा भेला समेत सम्पन्न भएको छ । वडा भेलामार्फत आकांक्षीहरुले वडा कार्य समिति एवं क्षेत्रीय प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेका छन् । थुप्रै वडाहरुमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको बुझिएको छ ।
कांग्रेस क्रियाशील सदस्य संख्याको आधारमा झापामा न्यूनतम १५ देखि अधिकतम ७९ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । क्षेत्रीय प्रतिनिधिले गाउँ–नगर, प्रदेश क्षेत्र, क्षेत्र र जिल्लामा मतदान गर्न पाउनेछन् । झापामा यसअघि १६ हजार ३४५ क्रियाशील सदस्य रहेकोमा यस बर्ष १७ हजार १ सय १२ जनाले क्रियाशील सदस्यता पाएका छन् ।
झापाका १५ वटा पालिकाका १३१ वटा वडामा भदौ १९ गते एकसाथ अधिवेशन हुँदैछ । नेपाली कांग्रेस झापा र जिल्ला निर्वाचन समितिको यसअघि सम्पन्न संयुक्त बैठकले सबै वडाका लागि एउटै निर्वाचन कार्यतालिका तय गरेको छ ।
जसअन्तरगत भदौ १९ गते ११ बजे मतदाता नामावली प्रकाशन, १२ बजेदेखि २ बजेसम्म उम्मेद्वारी दर्ता, २ बजेदेखि २ः३० सम्म उम्मेद्वारमाथि दावी–विरोध, २ः३० देखि ५ बजेसम्म उम्मेद्वारी फिर्ता र ५ः३० बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका तय गरिएको झापाका लागि निर्वाचन अधिकृत सुवोधबाबु चिलवालले जानकारी दिए ।
सर्वसम्मत भएका वडाहरुमा १९ गते नै मतदान प्रक्रिया सम्पन्न हुनेछ भने सर्वसम्मत नभएका वडाहरुमा भदौ २० गते ९ बजेदेखि १ बजेसम्म मतदानको समय तय गरिएको छ । मतदान सकिएलगत्तै मतगणना र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन कार्यतालिका छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्