कुमरखोद , भदौ १९ । उम्मेद्वार देउमान थेबेलाई नेपाली काँग्रेस झापाको जिल्ला सभापतिमा जिताउने प्रस्तावलाई झापा गाउँपालिकाका सम्पूर्ण निर्वाचित पार्टी प्रतिनिधिहरुले समर्थन गरेका छन् ।

क्षेत्रीय समितिका सचिव शिव कँडेल र क्षेत्रीय सभापति जयनारायण साहले झापा गाउँपालिका र यो क्षेत्रबाट नै नेता थेबेलाई जिल्ला सभापतिमा जिताउन प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई जिल्ला सभापति उद्धब थापासहित हलले समर्थन गरेको हो । नेता थेबेकै पहलमा झापा गाउँपालिकामा नेपाली काँग्रेसले सर्वसम्मत नेतृत्व चयन गरेको हो । त्यहाँ ७ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जुन देशैभरिमा उदाहरणीय भएको भन्दै यसलाई अन्य तहमा पनि कायम गरेर जानुपर्ने कँडेल र साहले बताए ।

आज भएको घोषणा सभामा केन्द्रबाट खटिएर आएका केन्द्रीय प्रतिनिधि सुरजबाबु चिलवाल प्रमुख अतिथि रहेका थिए भने जिल्ला सभापति थापा विशिष्ट अतिथि , पूर्व उपसभापति थेबे , झापा चार नम्बर क्षेत्रीय सभापति तथा गाउँपालिका अध्यक्ष साह , उत्तम सुवेदी , शिक्षक संघ झापाका अध्यक्ष नेत्र खरेललगायत सहभागी रहेका थिए । कार्यक्रममा दुई सय पचासभन्दा बढी अन्य पार्टीबाट नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई जिल्ला सभापति थापा र नेता थेबेले साधारण सदस्यता वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्