झापा, भदौ २० । झापामा ट्रक (लहरी)को ठक्करबाट एक महिला साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ८ निवासी ३३ वर्षीया सुनिमा राई (लिम्बु) रहेकी जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । उनका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तरगत शिबसताक्षी– ११ स्थित झिलझिलेमा हिजो बेलुका ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–२ –०३–००१ ख ४२३० नम्बरको ट्रक (लहरी) ले साईकल यात्री राईलाई ठक्कर दिएको थियो । दुर्घटना परी गम्भीर घाइते भएकी राईलाई उपचारका लागि बिर्तामोड पठाउने क्रममा बाटैमा मृत्यु भएको डिएसपी थापाले बताए । दुर्घटनापश्चात् इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ट्रक, साइकल र ट्रक चालक चितवन राप्ति नगरपालिका १ निवासी ३१ वर्षीय प्रवीण लामालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्