झापा , भदौ २० । झापामा आमा छोरासहित तीनजनाको डुबेर मृत्यु भएको छ ।

मोरंङ सुनबर्षि नगरपालिका बस्ने स्वर्गीय दिलिप लोहाकी श्रीमती हाल कनकाई ८ स्थित माईती घरमा बस्दै आएकी ३८ वर्षिया उमा बि.क र उनका अढाई वर्षका छोरा शिशिर बि.कको डुबेर मृत्यु भएको हो । आइतबार बिहान ६.१० बजे कनकाई ७ स्थित बिरिङ खोलाले बगाएर ल्याएको अबस्थामा उमा बिकको शव फेला परेको थियो । त्यस्तै कन्काई ६ स्थित बिरिङ खोलाको बगरमा घोप्टो परेको अवस्थामा दिउँसो शिशिरको शव फेला परेको छ । एक किलोमिटर दुरीमा आमा छोराको शव फेला परेको हो । ईलाका प्रहरी कार्यालय सुरुङगाबाट अन्दाजी ४ किलोमिटर पूर्वोत्तरमा आमाको शव र ५ किलोमिटर पूर्वोत्तरमा छोराको शव फेला परेको प्रहरीले जनाएको छ । साथमा छोरा शिशिरलाई बोकी शनिबार राति नै उमा हिडेकी थिइन् । दुवै शवलाई पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाएका छन् ।

त्यस्तै कचनकवल १ निलडाँडा बस्ने ४८ वर्षिय दिलबहादुर तामाङको स्थानीय पैनीमा डुबेर मृत्यु भएको छ । गत साउन १७ गते राति घरबाट हिडेका तामाङलाई खोजी गर्ने क्रममा आइतबार बिहान ८.२० बजे पैनीमा उनको शव फेला परेको थियो ।
तामाङ आफ्नै घरबाट कोही कसैलाई नसोधी घरबाट हिडी बेपता भएका थिए । साउन १८ गते आफन्तले प्रहरी चौकी घेराबारीमा जानकारी गराएका थिए । उनी गाउँघरमा मादक पदार्थ सेवन गरी हिड्ने गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट टोली खटिगई कानुनी प्रकृया गरिरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्