अबुधाबी , भदौ २० । नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा अबुधाबीमा दर खाने कार्यक्रम नाचगान गरी भव्यताका साथमा सम्पन्न भएको छ ।

प्राइम इन्टरनेशनल कार्गोले अबुधाबीमा रहेका आफ्ना नेपाली महिला ग्राहकहरुको खुशीको लागि पहिलोपटक तीज कार्यक्रम गरेको कार्यक्रम संयोजक तथा कार्गो कर्मचारी अस्मिता पोखरेलले जानकारी दिएकी छन् ।

गत ३ सेप्टेम्बर शुक्रबार अबुधाबीको मिनामा रहेको ईन्डियन कल्चरल सेन्टरभित्रको अन्नपूर्ण रेस्टुरेन्टमा आयोजना गरिएको प्राइम तीज धमाकामा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली दिदीबहिनी भेला भएर मीठामीठा नेपाली परिकार खाँदै नाचगान गरेर रमाइलो तरिकाले तीज मनाएका छन् ।

कार्यक्रममा प्राइम कार्गोको तर्फबाट संयोजक अस्मिता पोखरेलले सबैलाई स्वागत मन्तव्य प्रकट गरेकी थिइन् भने कम्पनीको सेवा र सुविधाको बारेमा कर्मचारी अनुप्रिया पन्तले प्रष्ट पारेकी थिइन् । कार्गोको दुबई मुख्यालयबाट आएका सरिता खत्री र रश्मी श्रेष्ठले कार्गोका अफरका बारेमा जानकारी दिदै तीजको अवसरमा शुभकामना व्यक्त गरेका थिए । प्राइम कार्गो अङ्कित फोटो फ्रेम आफ्नो फेसबुकमा राखेर सबैभन्दा धेरै लाइक बनाउन सक्ने व्यक्तिलाई प्राइम कार्गोले ३० केजी सामान निःशुल्क पठाइदिने प्रतियोगिता समेत आयोजना गरिएको थियोे ।
प्राइमको दशै अफर निरन्तर चलेकोले सस्तो, सुरक्षित तरिकाले सामान कार्गो पठाउन सकिने बताइएको थियो ।
कार्यक्रममा उपस्थित सबै महिलाहरुलाई गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । प्राइम तीज धमाका अबुधाबीको सहजीकरण तथा कार्यक्रम संचालन नेपाल पत्रकार महासंघ युएई शाखा सहसचिव रामप्रसाद ढुंगेलले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिका रूपमा युएईका पुराना नेपाली व्यवसायी भीमनारायण श्रेष्ठले तीजको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्