बिर्तामोड , भदौ २१ ।कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो कमेडी च्याम्पियन सिजन २ को फाइनलमा पुगेका ताप्लेजुङका भरतमणी पौडेल आज झापा हुँदै आफनो गृह जिल्लातर्फ लागेका छन् ।

दर्शकहरुको साथ सहयोग र हौसलाले उत्साहित बनेका पौडेल काठमाडौंबाट बिहान करिब ९ बजे चन्द्रगढी विमानस्थल हुँदै झापा आएका हुन् ।
उनी आउनु अघिदेखि ताप्लेजुङ , पाँचथर, इलाम र झापाका सयौं समर्थकहरु उनको स्वागतका लागि विमानस्थल पुगेका थिए । दमकबाट भरतमणी जिताऔं अभियानमा सक्रिय थरेन पौडेलको नेतृत्वमा युवाहरु त्यसतर्फ गएका थिए ।
उनीहरुले नारासहित चन्द्रगढी र बिर्तामोडका केही भाग परिक्रमा गर्दै भोटका लागि आव्हान गरेका थिए । उनको स्वागतमा ताप्लेजुङ झापा सम्पर्क मञ्च, रेड स्टार फुटबल क्लब, हेल्पिङ हेन्डस्लगायत आधा दर्जनबढी संघसंस्थाहरुको बिर्तामोडको सिटी सेन्टरमा कार्यक्रम आयोजना गरेका थिए । त्यहाँ आयोजित कार्यक्रममा प्रतिस्पर्धी भरतमणीसंगै यसअघि सो प्रतिस्पर्धामा रहेका स्याङजाका विकास अर्याल पनि सहभागी भएका थिए । भरतमणीले सो अवसरमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व मन्त्री गोकुल बाँस्कोटाको नक्कल गरेर दर्शकहरुलाई हसाएका थिए । कार्यक्रममा फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले भरतमणी अब ताप्लेजुङको मात्रै नभएर देशकै गहना भएको चर्चा गर्दै उनलाई राष्ट्रियस्तरको सो प्रतिस्पर्धामा सर्वोत्कृष्ट बनाउन सबैको साथ, सहयोग र हौसला आवश्यक भएको भन्दै भोटका लागि अपिल गरे ।
भरतमणीलाई आफनो मोवाइलमा प्रभु पे एप्स डाउनलोड गरेर मोवाइल मार्फत भोट गर्न सकिनेछ । उनको कोड ३ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्