भद्रपुर, भदौ २१ । भद्रपुरका उद्योगी नितेश बर्मालाई मातृशोक परेको छ ।

भद्रपुर नगरपालिका ८ स्थित क्याम्पस मोड निवासी उद्योगी बर्माकी ७४ वर्षीया आमा निनाको आज साँझ ६ बजे घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
निना झापा जिल्लाकै चर्चित उद्योगपति स्व. नरेशकुमार बर्माकी धर्मपत्नी हुन् । लामो समयदेखि उनी दीर्घरोगबाट पीडित थिइन् । भोलि बिहान ९ बजे भद्रपुरस्थित मेची नदी किनारमा हिन्दु धर्म अनुसार उनको दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।



