झापा , भदौ २२ । नेकपा एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा नेकपा एमालेबाट शिवसताक्षी नगरपालिका ७ का वडाध्यक्ष नविन इजमसहित ७ जनाले समाजवादी रोजेका छन् ।


आज दिउँसो १ बजेसम्ममा ७ जनाले समाजवादी रोजेका हुन् । समय अझै बाँकी रहेकोले यो सँख्या बढ्न सक्ने समाजवादी प्रेस संगठनका पत्रकार नेता तीर्थ सिग्देलले बताए ।
समाजवादी रोजेर सनाखत गर्नेहरुमा जिल्ला समन्वय समिति सदस्य पदम लिम्बु, झापा गाउँपालिका वडा सदस्य इश्वरी दाहाल, शिवसताक्षी वडा नम्बर ७ का वडाध्यक्ष नविन इजम,मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा वडा नम्बर ६ का वड ासदस्य अर्जुन मेचे, अर्जुनधारा नगरपालिका ३ का वडा सदस्य होम दुलाल र भद्रपुर नगरपालिका ९ का वडा सदस्य कुन्जा रुचाल रहेका छन् ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा समाजवादीमा जनप्रतिनिधि निल बनाउन सबैतिरबाट सक्दो कोसिस गरेपनि त्यो भने सफल हुन नपाएको जानकारहरुको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्