बिर्तामोड , भदौ २३ । नेपाली काँग्रेसको बिर्तामोड नगर अधिवेशनका लागि अर्को टीमले आज उम्मेद्वारी घोषणा गरेको छ ।

बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला नगर सभापति उठ्ने गरी अर्को टीमको उम्मेद्वारी घोषणा भएको हो । जसको उपसभापतिमा बलराम कार्की, मनबहादुर लिम्बू(मोहन पाहिम), सचिव अच्युत दाहाल , दिपेन्द्र राउत तथा सहसचिवमा धर्मेन्द्र सिटौला र अमोद दाहाल उठ्ने भएका छन् । विगतमा पार्टीभित्र देखिएका विविध कमीकमजोरी , नातावाद , कृपावाद , रिक्तता र तिक्तता जस्ता क्रियाकलापहरुलाई पूर्णरुपमा चिर्न आफूहरुको उम्मेद्वारी भएको जारी प्रेस विज्ञप्तिमा भनिएको छ । त्यस टीमले विभिन्न १० वटा कार्ययोजना पनि सार्वजनिक गरेको छ । यसअघि वर्तमान नगर सभापति तथा बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाले आफ्नो नेतृत्वको टीमको घोषणा गरिसकेका छन् । जसको उपसभापतिमा सूर्यप्रसाद कन्दङ्वा , राजकुमार राजवंशी , सचिव उत्तम खनाल , दिवाकर प्रसाई , सहसचिव लवकुमार चौधरी र दिनेश पराजुली रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्