झापा , भदौ २४ । बैदेशिक रोजगारका लागि कुवेत गएका झापाका दुई व्यक्तिको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड १० विराटपोखरका ३८ वर्षिय यामबहादुर कटुवाल र बाह्रदशी ५ का ४६ वर्षिय सुकलाल राजवंशी रहेका छन् । कुवेतको लिमाक इन्टरनेशनल कम्पनीको लागि त्यहाँस्थित अन्तर्राष्ट्रिय एयरपोर्टमा काम गर्दै गरेका उनीहरुको हिजो ढिस्कोले पुरिएर मृत्यु भएको हो । ढिस्कोले पुरिएर अर्का एक घाइते भएका छन् । ढिस्कोले तीनजना पुरिएका थिए । उनीहरुलाई ४ घण्टामा उद्धार गरिएको अरब टाइम्सले जनाएको छ ।

कटुवाल २ बर्ष १० महिनाअघि दुबई ओभरसिजमार्फत कुवेत गएका थिए । उनी यहि दशैंमा छुट्टी मिलाएर घर आउने भएका थिए । ‘अचानक आज बिहान ६ बजेतिर त्यस्तो खबर आयो’ उनका बुवा दुर्गा कटुवालले भने ।
मृतक कटुवालका माहिला दाजु पनि हाल सोही कम्पनीमै कुवेतमै कार्यरत छन् । सोही दुर्घटनामा बाह्रदशीका राजवंशीको पनि मृत्यु भएको हो । उनी केही वर्षदेखि कुवेतमा कार्यरत थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्