कुमरखोद , भदौ २५ । झापा गाउँपालिकामा एकैदिन दुईजना व्यक्तिको शव फेला परेको छ ।

झापा गाउँपालिका वडा न २ को वालुवाटार गाउँस्थित सुन्दरलाल राजवंशीको खाली घरको दलानमा उत्तानो परी नाङगै सुतिरहेको अबस्थामा एउटा शव फेला परेको हो । ४० वर्षिय मन्जु टुडुको शव त्यहाँ फेला परेको हो । मृतक झापा गाउँपालिका वडा ५ की स्थायी वासिन्दा हुन् । त्यस्तै अर्को शव झापा १ को सालमारा गाउँको सिरीसाईला मुर्मुको धान खेत पश्चिम माईखोलाको किनारमा फेला परेको छ । नाम ,थर ठेगाना नखेलेको घोप्टो परेको अवस्थामा रहेको महिलाको शवलाई उल्टाइपल्टाइ हेर्दा शवको कम्मरभन्दा मुनि पुठ्ठाको भाग र आन्द्रा रहेको, घुँडामुनि देखिको भाग केही नरहेको ईलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख प्रहरी नायव निरीक्षक नारायण प्रधानले जानकारी दिएका थिए । दुवै शवहरुलाई स्थानीयवासीहरुले देखेपछि ईलाका प्रहरी कार्यालय कुमरखोदलाई जानकारी गराएका थिए । दुवै शवलाई पोष्टमार्टमको लागि पठाएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्