ओखलढुंगा, भदौ २६ । ओखलढुंगा खजिदेम्बा गाउँपालिका ५ मा भाइ र भतिजाले खुकुरी प्रहार गरी एकजनाको हत्या गरेका छन् ।
ढाडखर्कका ६८ बर्षीय मित्रबहादुर तामाङको धारिलो हरियार खुकुरी र दाउ प्रहार गरि हत्या गरिएको हो । हत्यामा संलग्न उनकै आफ्नै भाई ६७ बर्षीय शेरबहादुर तामाङ र शेरबहादुरका छोरा ३६ बर्षीय बिरबहादुर तामाङ रहेका छन् ।
हिजो दिउँसो साढे १२ बजे हत्या भएको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी टोली खटिगई खुकुरीसहित हत्यामा संलग्न दुवै जनालाई हत्यामा प्रयोग भएको खुकुरी र दाउसहित पक्राउ गरेको छ । उनीहरुले अंशबण्डाको बिषयमा विवाद हुँदा धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्रबहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।