भद्रपुर,भदौ २६ । दुवै मिर्गौलाले काम गर्न छोडेर उपचारमा रहेका भद्रपुरका दुई शिक्षकलाई नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिको अगुवाइमा संकलित रकम हस्तान्तरण गरिएको छ ।

शिक्षक महासंघ भद्रपुरका नगर अध्यक्ष गणेश गिरीका अनुसार ‘मोहमद बदरुद्विन–गिता भण्डारी बचाउ अभियान’ अन्तर्गत संकलन भएको ३ लाख ४० हजार रूपैयाँ दुवै शिक्षकलाई १ लाख ७० हजारका दरले प्रदान गरिएको हस्तान्तरण गरिएको हो ।
भारतमा उपचाररत शिक्षक गीता भण्डारीको रकम उनकै नाममा रहेको वाणिज्य वैंकको खातामा जम्मा गरिएको छ भने शिक्षक मोहमद बदरूद्दिनलाई उनकै घर भद्रपुर –६ मा पुगेर रकम संकलन टोलीले रकम हस्तान्तरण गरेको छ । अध्यक्ष गिरीका अनुसार देश विदेशमा रहेका उनीहरूका पूर्व विद्यार्थी र केही शुभेच्छुकहरूबाट थप भएको रकम समेत गरी एक लाख ९६ हजार हस्तान्तरण गरिएको छ ।
विभिन्न विद्यालयका शिक्षक, पूर्व शिक्षक, विद्यार्थी र शुभेच्छुक दाताले महासंघको आह्वान अनुसार रकम सहयोग गरेकोप्रति र शिक्षक संघ संगठनलाई समेत आभार प्रकट गर्दै गिरीले इच्छुक दाताहरुलाई सहयोगको ढोका अझै खुला रहेको जनकारी दिए ।
वीरेन्द्र माविकी शिक्षक भण्डारीको प्रत्यारोपण प्रक्रिया शुरू भए पनि भद्रपुर माविका शिक्षक बदरूद्दिनको लागि मिर्गाैला दान दिने व्यक्तिको तीव्र खोजी भइरहेकोले अझै प्रक्रिया शुरू हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्