कुमरखोद, भदौ २६ । झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले शनिवार वडा नं. १ को वडा कार्यालय भवनको शिलान्यास गरेका छन् ।

झापा गाउँपालिका वडा नं. १ का जनतालाई काममा सजिलो र समयको बचत होस् भन्ने हेतुले सितुमारी गाउँमा वडा कार्यालय भवन बनाउन लागिएको हो । वडाको केन्द्रभाग पर्ने भएको , सुरक्षा दृष्टिकोणले त्यहाँ सशस्त्र प्रहरीको वेश क्याप रहेको र सो गाउँमा वडा कार्यालयको भवन बनाउन जग्गादाताले जग्गा दान दिएकाले वडा कार्यालय सितुमारीमा बनाउन लागिएको गाउँपालिका अध्यक्ष शाहले बताए । वडा कार्यालय भवन बनाउनका लागि सितुमारी निवासी न्यौपाने परिवारले लाखौ रुपैयाँ पर्ने जग्गा निशुल्क प्रदान गरेका छन् । स्वर्गीय वेदनिधी न्यौपानेका श्रीमती र छोराले वडा कार्यालय भवन बनाउनका लागि २ कठ्ठा जग्गा दिएका हुन् ।

झापा गाउँपालिकाले वडा कार्यालय भवन निर्माण गर्नका लागि ४० प्रतिशत कम रेटमा ठेक्का लगाएको छ । एस.जे.फोटी विल्डर्स प्रा.लि झापाले ३३ लाख ६७ हजार ७९४ रुपैयाँमा ठेक्का पाएको हो । १५५४ वर्गफिटमा पैmलिएको एकतल्ले भवन ६ कोठाको वडा कार्यालय भवन बन्न लागेको हो । एस. जे. फोटी विल्डर्स प्रा.लि झापाले २०७८ साल असार १५ गते पालिकासँग सम्झौता गरी २०७९ साल असार मसान्तसम्म काम सम्पन्न गर्ने म्याद रहेता पनि ठेकेदार कम्पनीका प्रोपाइटर मनोजकुमार खत्रीले पुस मसान्तसम्म बनाई पालिकालाई हस्तान्तरण गर्ने बताए । झापा गाउँपालिकाका ७ वटा वडामध्ये अव एउटा वडाको मात्र कार्यालय बनाउन बाँकी रहेको र सो वडा कार्यालय भवनको पनि ठेक्का लागिसकेको अध्यक्ष शाहले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्