बिर्तामोड , भदौ २६ । आज साँझ अर्जुनधारा ७ पुष्पलाल मार्गमा ग्यास लिक भई आगलागी हुँदा तीनजना गंभीर घाइते भएका छन् ।

साँझ ५.३० बजे अर्जुनधारा ७ पुष्पलाल मार्ग बस्ने रोमनाथ खनालको एकतले ईटाको वालमाथि जस्ताको छाना भएको घरमा नयाँ ग्यास सिलिन्डर फेर्ने क्रममा ग्यास लिक भइ आगलागी भएको थियो । आगलागीबाट घरधनी ४२ वर्षिय रोमनाथ खनालको शरीर आगोले जलेको छ । सामान्य बोल्न सक्ने उनको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै उनकी श्रीमती ३८ वर्षिया दुर्गा खनालको शरीर आगोले जलेको छ । बोल्न सक्ने उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।त्यसैगरी १८ वर्षिय छोरा पंकज खनालको शरीर पनि जलेको छ । बोल्न सक्ने उनको अवस्था मध्यम रहेको छ ।
घाइतेहरुलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएको छ । ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जनाको टोली , प्रहरी चौकी शनिश्चरेबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ५ जनाको टोली, स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा बेलुका ७.२५ बजे आगलागी पूर्णरूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्