बिर्तामोड , भदौ ३० । ५७ औं राष्ट्रिय बाल दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको छ ।

यसक्रममा राष्ट्रिय बाल दिवसको अवसर पारेर बिर्तामोड ४ स्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रले अर्जुनधाराको कप्तानबारी अनाथ आश्रमका बालबालिकाहरुलाई भोजन गराएको छ । त्यहाँका ६ जना बालबालिकाहरुलाई एक छाकको भोजन गराइएको संस्थाकी उपाध्यक्ष सुमी विष्टले बताइन् । संस्थाकी अध्यक्ष निकिता अधिकारी प्रसाई , उपाध्यक्ष सुमी विष्ट , सचिव पुनम ओडारीसहित सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन कृष्ण दुलाल गरेका थिए । सो संस्थाले निरन्तर रुपमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

त्यस्तै बिर्तामोड नगरपालिकामा अन्तरक्रिया गरिएको छ । कोरोना भाइरसको विषम परिस्थितिमा सधैजसो विभिन्न रचनात्मक कार्यक्रम गरी मनाइने बाल दिवस यो पटक भने विद्यार्थी, शिक्षक,अभिभावक, सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम गरिएको हो । ‘सामान्य अवस्था वा कोभिड महामारी ः बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी ’भन्ने मूल नाराका साथ बिर्तामोड नगरक्षेत्रका २० भन्दा बढी विद्यालयका बाल क्लव प्रतिनिधिको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । बितामोड नगरपालिकाका प्रमुख शाखा अधिकृत गणेशप्रसाद दाहालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा शिक्षा तथा युवा शाखा प्रमुख तिलचन भण्डारी, सामाजिक विकास शाखा समिति संयोजक सदस्य संगिता शिवालगायतले बाल अधिकारका विषयलाई प्राथमितामा राख्न जोड दिएका थिए । प्रमुख अतिथि दाहालले बालबालिका र बाल क्लबको लागि आवश्यक बजेट र नीति तयार गरी रणनीतिक योजनाका साथमा गतिविधिलाई क्रियाशील बनाइने बताए । त्यस्तै

कार्यक्रममा बालबालिका तथा संञ्चार मञ्चका अध्यक्ष सरोज पौडेलले बाल गतिविधिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने सहभागी विद्यार्थी आदिती राजवंशी , सञ्जन प्रसाई , प्रकृति खरेल , यामुना शिवाकोटी बाल क्लब फोकल पर्सन गिताराम आचार्य ,ममता राजवंशीलगायतले बालअधिकारसम्बन्धी आफ्ना भनाई राखेका थिए ।महिला तथा बालबालिका शाखा संयोजक पुष्पा कार्कीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन डिल्ली दाहालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्